Iwaki Recovery Tour

投稿日:2016/01/14

Iwaki Recovery Tour

२१ नोवेम्बर ,ईवाकी ईन्टरनेशनल एसोसिएसनको आयोजनमा ईवाकी पूर्णनिर्माण भर्मन सम्पन्न भयो । उक्त भर्मन्मा भाग लिन पाएकोमा म निकै खुशी छु । भर्मन्मा बिदेसी विद्यार्थीहरु भियत्नम्,म्यन्मार्,नेपाल ,लाओस,फ्रन्सले भाग लिएक थिए ।
unnamed2
ईवाकिको घरेलु उद्दोग नोमिजु हाइड्रोपोनिक उत्पादन सङ्घ को योचुकुराम अवस्थित टमाटार खेती ,स्ट्रबेरी खेति, र फुकुसिमा मत्स्य अनुसन्धान केन्द्रको अध्यायन गरियो । मत्स्य उत्पादन र त्यसम पर्ने रेडियो धर्निको निग्रानिको स्तिथी र उत्पादित माछाहरुलाई कसरी बजारमा पठाईन्छ, पठाउन अघी के के गरिन्छ , माछाहरु फुकुसिमको कुन कुन ठाउँबाट कुन कुन प्रजातिको माछाहरु मारिन्छ,२०११ को सुनामी अघिको र पछीको अवस्थाको बारेमा अध्ययन गरियो, हाल सम्ममा पनि रेडियो धर्निको असरको बारेमा जानकारी लिदै फुकुशिमको कुन कुन क्षेत्रमा माछा मार्न निशेध गरिएको छ साथै हाल कुन कुन प्रजातिको माछाहरु छन् भनेए अघ्ययन गरियो ।
unnamed3unnamed
साथै ईवकिको उएदा भन्ने ठाउँम नामेको च्याउ खेती गर्दै आएका सुजुकी भन्ने ब्यक्तिको सानो घरेलु नामेको च्याउ खेतिको अध्ययन गर्ने अवसर मिल्यो । बिभिन्न देस का विद्यार्थीहरुले उक्त च्याउ खेतिको बारेमा बिभिन्न प्रश्नहरु गर्दा सुनामी अघी र अहिलेको अवस्था लाई तुलना गर्दा सुनामी अघी भन्दा अहिले च्याउको मुल्य घटेको र अहिले सम्म पनि नबढेको कुरा पनि अवगत गराउनु भयो ।
उक्त भर्मनले इवाकिको बिभिन्न कुराहरुको बारेमा जानकारीलिने अवसर दिनुभएकोमा आयोजक आइ आइ ए टिमलाई धन्यवाद ज्ञापन गर्दछु ।
बिपी पुरी (高木ビピ)

編集者:Vidhan