“साकुरा”

投稿日 2016/06/03

“साकुरा” बसन्त रितु को आगमन सँगै हरेक नागरिक जापानिज वा बिदेशि जो कोहिको पनि पहिलो रोजाई बन्न पुग्दछ साकुरा जुन जापानको राष्ट्रिय फुल हो । जापानको बारेमा जानकारि भएका होस या नहोस संसारको जुनसुकै ठाँउमा रहेर नै किन नहोस जापान भन्ने शब्द सँगै जोडिएर आउने गर्दछ साकुरा पनि । रातो तथा सेतो रंगमा फुल्ने साकुरा ले जो कोहि को पनि मनमा एउटा छुट्टै आनन्द को आभास दिलाउदछ ।छोटो समय मात्र फुलेर झर्ने भएकोले पनि होला साकुरा को बिषेश महत्व रहने गरेको पाईन्छ । जतिसुकै ब्यस्त भएपनि जापानमा रहेका बिदेशि होस् या स्वयम जापानिज नागरिक नै, साकुरा फुलेसँगै परिवार तथा साथिभाई सँग साकुरा को बोट आसपास मा बसेर अनेक परिकारहरु बनाएर खाँदै रमाईलो गर्ने चलन चलिआएको छ ।साकुरा लाई जापानिज नागरिकले आफ्नो परिवारका सदस्य सरह माया ममता का साथ हुर्काउने र सुरक्षा गर्ने गर्दछन । बिगत ३ बर्ष देखि म आफु पनि यो रमाईलो दृष्य सँगै रमाउदै आउन पाएको मा अत्यन्त भाग्यशालि र खुसि महसुस गरिरहेको छु ।यसैगरि आगामि बर्षहरुमा पनि साकुरा को रमणिय दुष्यसँगै रमाउदै जान पाउने आश रहेको छ ।

 


編集者:SlCKROSE