प्रकृतिसँग रमाउने चाहाना बोकेर हिडिरहेको र चाहेर पनि पुरा हुन नसकेको अवस्थामा せとがろको बारेमा जानकारी हु आयो र अत्यन्त उत्सुकताको साथमा せとがろतर्फ लाग्यौ !!पार्किगं बाट लगभग २ घण्टाको ठाडो उकालो, ओरालो गर्दै ठाँउ ठाँउमा लड्दै र उठ्दै गरि उराठलाग्दो गर्मिमा पनि प्रकृति सँग रमाउदै केहि अत्यन्त रमाईला ठाँउको अबलोकन गर्दै एउटा ठुलो झर्ना भएको ठाँउमा पुग्यौ र अत्यन्त थकित अवस्थामा भएकोले केहि क्षण आराम गर्ने सोचले झर्नाको आनन्दमयि आवाज सुनेर बिश्राम गरियो ! झरनाको त्यो कल~कल आवाजले उसैसँग नरमाईकन अधि बढ्न कदापि मन मान्दै मानेन र त्यहि झर्नाको आवाज सँग रमाउने निर्णय गरि उराठलाग्दो गर्मिलाई झर्नाको मुटु काम्ने चिसो पानिले बिदाई गर्दै केहि क्षण नुहाईयो !! नेपाल यस्तै प्राकृतिक सम्पदाले भरिपुर्ण देश भएतापनि समयको व्यस्तता ले भनौ कि अन्य कुनै कारणले, आफ्नै देशको प्रकृतिसँग रमाउने वाताबरण मिल्न सकेको थिएन !! बर्षौ देखिको प्रकृति सँगको रमाउने चाहानालाई जापानमै भएपनि पुरा गर्ने अवसर मिल्यो !! साँच्चै नै अत्यन्त खुषि भएका थियौ हामि सबैजना !! केहि समय नुहाई सकेपछि अत्यन्त थकित भईएको र झमक्क साँझ पनि पर्दै गएकोले त्यस ठाँउभन्दा अघि नबढ्ने निर्णयका साथ हामी आफ्नै बाटो हुदै फर्कियौ र फर्किने क्रममा बाटै रातो हुने गरि लटरम्म पाकेको ऐसेलु देख्दा त झन आफ्नै जन्मभुमिमा भएको आभास हुन पुग्यो र ऐसेलु को स्वादमा रमाउदै साथिभाई हाँसखेल गर्दै आफ्नै बासस्थान तर्फ फर्कियौ !! समग्रमा भन्नु पर्दा त्यस दिनको यात्रा जिन्दगि भरको लागि हुने गरि अत्यन्त मिठो र रमाईलो याद दिएको छ !!
“साकुरा”
“साकुरा” बसन्त रितु को आगमन सँगै हरेक नागरिक जापानिज वा बिदेशि जो कोहिको पनि पहिलो रोजाई बन्न पुग्दछ साकुरा जुन जापानको राष्ट्रिय फुल हो । जापानको बारेमा जानकारि भएका होस या नहोस संसारको जुनसुकै ठाँउमा रहेर नै किन नहोस जापान भन्ने शब्द सँगै जोडिएर आउने गर्दछ साकुरा पनि । रातो तथा सेतो रंगमा फुल्ने साकुरा ले जो कोहि को पनि मनमा एउटा छुट्टै आनन्द को आभास दिलाउदछ ।छोटो समय मात्र फुलेर झर्ने भएकोले पनि होला साकुरा को बिषेश महत्व रहने गरेको पाईन्छ । जतिसुकै ब्यस्त भएपनि जापानमा रहेका बिदेशि होस् या स्वयम जापानिज नागरिक नै, साकुरा फुलेसँगै परिवार तथा साथिभाई सँग साकुरा को बोट आसपास मा बसेर अनेक परिकारहरु बनाएर खाँदै रमाईलो गर्ने चलन चलिआएको छ ।साकुरा लाई जापानिज नागरिकले आफ्नो परिवारका सदस्य सरह माया ममता का साथ हुर्काउने र सुरक्षा गर्ने गर्दछन । बिगत ३ बर्ष देखि म आफु पनि यो रमाईलो दृष्य सँगै रमाउदै आउन पाएको मा अत्यन्त भाग्यशालि र खुसि महसुस गरिरहेको छु ।यसैगरि आगामि बर्षहरुमा पनि साकुरा को रमणिय दुष्यसँगै रमाउदै जान पाउने आश रहेको छ ।
Japanese Culture Experience Tour
Japanese Food Cooking And Home Visiting
Iwaki Recovery Tour
२१ नोवेम्बर ,ईवाकी ईन्टरनेशनल एसोसिएसनको आयोजनमा ईवाकी पूर्णनिर्माण भर्मन सम्पन्न भयो । उक्त भर्मन्मा भाग लिन पाएकोमा म निकै खुशी छु । भर्मन्मा बिदेसी विद्यार्थीहरु भियत्नम्,म्यन्मार्,नेपाल ,लाओस,फ्रन्सले भाग लिएक थिए ।
ईवाकिको घरेलु उद्दोग नोमिजु हाइड्रोपोनिक उत्पादन सङ्घ को योचुकुराम अवस्थित टमाटार खेती ,स्ट्रबेरी खेति, र फुकुसिमा मत्स्य अनुसन्धान केन्द्रको अध्यायन गरियो । मत्स्य उत्पादन र त्यसम पर्ने रेडियो धर्निको निग्रानिको स्तिथी र उत्पादित माछाहरुलाई कसरी बजारमा पठाईन्छ, पठाउन अघी के के गरिन्छ , माछाहरु फुकुसिमको कुन कुन ठाउँबाट कुन कुन प्रजातिको माछाहरु मारिन्छ,२०११ को सुनामी अघिको र पछीको अवस्थाको बारेमा अध्ययन गरियो, हाल सम्ममा पनि रेडियो धर्निको असरको बारेमा जानकारी लिदै फुकुशिमको कुन कुन क्षेत्रमा माछा मार्न निशेध गरिएको छ साथै हाल कुन कुन प्रजातिको माछाहरु छन् भनेए अघ्ययन गरियो ।
साथै ईवकिको उएदा भन्ने ठाउँम नामेको च्याउ खेती गर्दै आएका सुजुकी भन्ने ब्यक्तिको सानो घरेलु नामेको च्याउ खेतिको अध्ययन गर्ने अवसर मिल्यो । बिभिन्न देस का विद्यार्थीहरुले उक्त च्याउ खेतिको बारेमा बिभिन्न प्रश्नहरु गर्दा सुनामी अघी र अहिलेको अवस्था लाई तुलना गर्दा सुनामी अघी भन्दा अहिले च्याउको मुल्य घटेको र अहिले सम्म पनि नबढेको कुरा पनि अवगत गराउनु भयो ।
उक्त भर्मनले इवाकिको बिभिन्न कुराहरुको बारेमा जानकारीलिने अवसर दिनुभएकोमा आयोजक आइ आइ ए टिमलाई धन्यवाद ज्ञापन गर्दछु ।
बिपी पुरी (高木ビピ)
Onahama festival 2015
गत अक्टोबर ३मा ओनाहामा मा सम्पन्न१४औओनाहामा सनसाइनफेस्तिवल मा सहभागी भैइ सोर्य उर्जा बाट प्रयोगमा ल्याइने सोलारप्यानेल को प्रत्यक्ष रुपमा निर्माण साथै निर्मानित सोलार नेपाल लाईहस्तान्तरन गर्ने लक्ष्य रहेको कार्यक्रम रहेको थियो|जसमा प्रत्क्ष्यसह्भागी भैइ बिभिन्न कुरा हरुको ज्ञान हासिल गर्ने मौका पाए|साथैसुतिको घरेलु प्रबिधिको पनि प्रत्क्ष्य रुप प्रयोग गरी हेर्ने अवसर पाए|
गत अक्टोबर ३मा ओनाहामा मा सम्पन्न१४औओनाहामा सनसाइनफेस्तिवल मा सहभागी भैइ सोर्य उर्जा बाट प्रयोगमा ल्याइने सोलारप्यानेल को प्रत्यक्ष रुपमा निर्माण साथै निर्मानित सोलार नेपाल लाईहस्तान्तरन गर्ने लक्ष्य रहेको कार्यक्रम रहेको थियो|जसमा प्रत्क्ष्यसह्भागी भैइ बिभिन्न कुरा हरुको ज्ञान हासिल गर्ने मौका पाए|साथैसुतिको घरेलु प्रबिधिको पनि प्रत्क्ष्य रुप प्रयोग गरी हेर्ने अवसर पाए|उक्त कार्यक्रममा नेपाल को बारेमा त्यहाँ अबलोकन गर्न आउनु भएकाअबलोकन कर्ता हरुलाई चिनाउने सक्दो कोसिस गरे|भूकम्प पीडितहरुको लागि चन्दा सन्कलन पनि गर्न सफल भयो|साथमा बिभिन्न देशका रमाइला नाच को साथ साथै रमाउने सुबर्ण अवसर पनि पाए|समग्रमा कार्यक्रम लाभदएक रहन सफल भयो|
Christmas illumination (Iwaki Hikari No Sakura Matsuri)
楢葉南北小学校との交流授業
नमस्ते नेपाल च्यारीटी सो सम्पन्न।
जापानको फ़ूकूशीमाकेन इवाकीसीमा नेपालको भूकम्पपीड़ित बालबालिकाको नीम्ती नमस्ते नेपाल कन्सर्ट सम्पन्न भएको छ ।
नेपालमा बस्दै आएको र नेपाल सम्बन्घि विभिन्न जानकारी राख्नु भएको Japanese नेपाली गाईका सुन्दरी मीकाले नेपालको परिचय सँगै गीत गाएर विभिन्न प्रस्तुति दिनुभएको थियो।
गाइका सुन्दरी मीकाले नेपालको विभिन्न जातजातीहरूको भाषामा (नेवार , राई ,सेर्पा तमांग , भोजपुरी) आदी भाषामा गीत गाउनु भयो । साथै जापानी भएर पनि नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरी दर्सकहरुको मन् जित्नु भयो । कार्यक्रममा उपस्थित सम्पूर्ण दर्सकहरु पनि सँगसँगै नाच्नु भएको थियो ।
सुन्दरी मीकाले नेपालको बहुचर्चित गित रेसम फिरिरिलाई जापानीज भाषा गाउनु भएको थियो । कार्यक्रमबाट उठेको रकमले नेपालका अनाथ तथा भूकम्प पिडित बालबालिकाहरूको लागि प्रयोग गर्ने जानकारि दिनु भयो। उक्त कार्यक्रममा
नेपाली बिद्यर्थीहरूले पनि अन्त्यमा केही प्रस्तुति दिएर मनोरन्जन् गराउनु भयो। कार्यक्रमलाई कानाको लामाले उदॄोष गर्नु भएको थियो ।
बिपी पुरी(高木ビピ)